site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
विधानअनुसार महाधिवेशन गर्न एनआरएनएलाई परराष्ट्रमन्त्रीको आग्रह
Sarbottam CementSarbottam Cement

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई विधानअनुसार महाधिवेशन गर्न आग्रह गरेका छन् । एनआरएनएको संस्थापन पक्ष र १०औँ महाधिवेशनमा असन्तुष्ट भएको पक्षका प्रतिनिधिहरूलाई उनले विधानअनुसार महाधिवेशन गर्न आग्रह गरेका हुन् । 

परराष्ट्र मन्त्रालयमा आइतबार संयुक्त रूपमा आएका दुवै पक्षका प्रतिनिधिहरूलाई मन्त्री साउदले विधान स्पष्ट बनाएर महाधिवेशनमा जान सुझाव दिएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

“हाम्रो स्पष्ट सोच छ । पहिला तपाईंहरू विधानमा क्लियर हुनुपर्‍यो,” साउदले प्रतिनिधिमण्डलसँग भने, “विधानअनुसार एउटा प्रक्रियाले मान्छे छनौट हुन्छ । कोही हार्छ कोही जित्छ । सबैभन्दा पहिले विधान क्लियर हुनुपर्छ ।”

उनले परराष्ट्र मन्त्रालय र एनआरएनएबीचको सम्बन्ध स्पष्ट र विवादरहित हुनुपर्नेमा जोड दिए ।

Global Ime bank

“संस्थालाई पूर्णतया नियन्त्रण राखिराख्ने प्रवृत्ति या संस्थामा नियन्त्रण भएन भने म समानान्तर रूपमा जान्छु भन्ने प्रवृत्ति दुवै घातक छन्,” उनले भने, “त्यसको समाधान गर्ने तरिका के हो भने विधान र प्रक्रियालाई सबैले स्वीकार गर्नुपर्छ ।”

मन्त्री साउदले दुवै पक्षलाई मिलेर आउनसमेत सुझाए ।

परराष्ट्रमन्त्री साउदलाई वाचन गरेर सुनाइएको सहमति पत्रमा आगामी अक्टोबरमा हुने ११औँ महाधिवेशन सहमति, सहकार्य र एकताको सन्देशसहित आयोजना हुने उल्लेख थियो । जसका लागि दुवै पक्षका प्रतिनिधिहरू रहने गरी एक उच्चस्तरीय अनुगमन समिति गठन गरिने छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १८:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC