site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बजेटमा मानसिक स्वास्थ्यलाई पूर्ण बेवास्ता गरियो : सांसद श्रेष्ठ
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का सांसद सुमना श्रेष्ठले नयाँ बजेटमा मानसिक स्वास्थ्यलाई पूर्ण बेवास्ता गरिएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । आइतबार प्रतिनिधिसभा बैठकमा उनले बजेटको प्राथमिकतामा मानसिक स्वास्थ्य नपरेको बताएकी हुन् ।

“दैनिक १९ जनाले आत्महत्या गरिरहेका छन्, हामीले मानसिक स्वास्थ्यमा कति जनशक्ति खटाइरहेका छौँ ? परामर्शका लागि हाम्रा कतिवटा सिस्टम र कति भाषामा सञ्चालनमा छन् ? कहिले सोच्ने ?,” उनले प्रश्न गरिन् ।

पछिल्लो जनगणनामा छोराको अनुपातमा छोरी कम जन्मिइरहेको तथ्यांक उनले प्रस्तुत गरिन् । उनले प्रश्न गरिन्, “अहिलेको प्रजननदरमा छोरा र छोरीको अनुपात हामीलाई स्वीकार्य छ ?”

Dabur Nepal
NIC Asia

छोरा नै जन्माउनुपर्ने समाजको मान्यतालाई चिर्न र घट्दो प्रजननदरलाई बढाउनतर्फ पनि सरकारले नीति–नियम र बजेट छुट्ट्याउनुपर्नेमा उनले जोड दिइन् ।

यस्तै, नर्सिङ जनशक्ति अति न्यून परिश्रमिकमा खटिइरहनुपरेको अवस्थामा सुधार ल्याउन बजेटमा कुनै कार्यक्रम नसमेटिएको उनको भनाइ छ । “१५ हजार तलबमा काम गरिरहनुपरेको छ, त्यो पनि कति महिनामा पाउने हो थाहा छैन । अनि, कुन मुखले नर्सहरूलाई नेपाल बस भन्ने ?,” सांसद श्रेष्ठले भनिन् ।

कारबाहीको माग
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले कोरोनाविरुद्धको खोप खेर फाल्ने सरकारी अधिकारीलाई कारबाही गर्न माग गरे ।

उनले भने, “कोरोनाको खोप खेर फाल्ने अधिकारीलाई कारबाही हुनुपर्छ, यसतर्फ स्वास्थ्यमन्त्रीको ध्यान जाओस्,” उनले भने ।

आउँदा दिनमा नेता र नेताका श्रीमतीको स्वास्थ्योपचार विदेशमा हुन नहुने, अत्यावश्यक औषधि आयातमा औषधि व्यवस्था विभागले ढिला गर्न नहुने विषयमा पनि सांसद सुवालले सरकारको ध्यानाकर्षण गराए ।

प्रत्येक प्रदेशमा एउटा अन्तर्राष्ट्रियस्तरको अस्पताल सञ्चालन गर्न उनले माग गरे । निजीलाई प्रोत्साहन गर्नुको साटो सरकारी अस्पतालको सुधार र व्यवस्थापनमा ध्यान दिन पनि सांसद सुवालले माग गरे ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १४:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro