site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
जिम्बाब्वेविरुद्ध नेपालको राम्रो सुरुआत
फाइल तस्बिर।

काठमाडौं । आईसीसी विश्वकप छनोटको पहिलो खेलमा नेपालले जिम्बाब्वेविरुद्ध ब्याटिङमा राम्रो सुरुआत गरेको छ ।

हरारे स्पोर्ट्स मैदानमा टस हारेपछि ब्याटिङमा आएको नेपालले पहिलो पावर प्ले (१० ओभर) को समाप्तिमा विकेट नगुमाई ४५ रन बनाएको छ । नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख क्रमशः २९ र १३ रनमा खेलिरहेका छन् ।

Dabur Nepal
NIC Asia

कुशल चौथो ओभरमा एक रनमा रहँदा क्याच आउट हुनबाट बचेका थिए । रिचार्ड एन्गाराभाले गरेको बलको चौथो ओभरको चौथो बलमा सिकन्दर राजाले कुशलको क्याच छुटाएका थिए ।

नेपाल र जिम्बाब्वेबीचको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको यो पहिलो खेल हो । नेपालले पहिलोपटक टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो ।

नेपालले यसअघि जिम्बाब्वविरुद्ध ५० ओभरको एकमात्र खेल खेलेको छ । लिस्ट ‘ए’ मान्यता रहेको उक्त खेलमा नेपाल ११६ रनले पराजित भएको थियो ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ का पछिल्लो १२ मध्ये ११ खेलमा जितको नतिजा निकालेको नेपाल घरेलु टिमविरुद्ध पनि सोही लयलाई निरन्तरता दिने योजनामा छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १३:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro