site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कर्णाली प्रदेश : ३३ अर्ब ३७ करोड बजेट विनियोजन

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि कर्णाली प्रदेशले ३३ अर्ब ३७ करोड ९७ लाख रुपैयाँ विनियोजन गरेको छ । 

शुक्रबार कर्णाली प्रदेशका आर्थिक मामिलामन्त्री बेदराज सिंहले आगामी आर्थिक वर्षको आय–व्यय प्रस्तुत गर्दै प्रदेशले राखेका लक्ष्य पुरा गर्न उक्त रकम विनियोजन गरिएको बताएका हुन् ।

उनले प्रदेशले गर्ने खर्चअन्तर्गत ९ अर्ब २० करोड, पुँजीगततर्फ १९ अर्ब ५७ करोड ७२ लाख र स्थानीय तहमा वित्तीय हस्तान्तणमार्फत चार अर्ब ८० करोड चार लाख विनियोजन गरेका छन् ।

प्रदेशले आन्तरिक राजस्वबाट ८३ करोड ६२ लाख रुपैयाँ प्राप्त गर्ने लक्ष्य राखेको छ । त्यस्तै, चालु आर्थिक वर्षमा खर्च नभई बचतमा सात अर्ब ४१ करोड ६ लाख हुने अनुमान गरिएको छ । उक्त रकम पनि आगामी वर्ष खर्च गरिने मन्त्री सिंहले बताए ।

संघीय सरकारबाट राजस्व बाँडफाँटबाट प्राप्त हुने आठ अर्ब ८४ करोड तीन लाख रुपैयाँ, वित्तीय समानिकरण अनुदानबाट प्राप्त हुन आएको १० अर्ब १६ करोड ४१ लाख रुपैयाँ र ससर्त अनुदानबाट प्राप्त हुने चार अर्ब ७५ करोड तीन लाखलाई पनि परिचालन गरिने बताइएको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १७:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro