site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
भैंसेपाटीमा लेमिनार टायल्सको नयाँ शोरूम

काठमाडौं । नेपालको पहिलो र एकमात्र भिट्रिफाइड टायल्स लेमिनारले ललितपुरमा आफ्नो विशेष डिलर शोरूम सञ्चालनमा ल्याएको छ । 

ललितपुरको भैंसेपाटीस्थित कार्यबिनायक ट्रेड सप्लायर्सलाई आधिकारिक डिलरको रूपमा नियुक्त गरी लेमिनार टायल्सले यो शोरूम उद्घाटन गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

शुक्रबार आयोजित औपचारिक समारोहमा कार्यबिनायक ट्रेड सप्लायर्सका सञ्चालक मनिराज महर्जन र लेमिनारका निर्देशकद्वय अभिनव चुरिवाल र आशुतोश खेतानले संयुक्त रूपमा ‘एम्पोरियो’ श्रेणीअन्तर्गतको डिलर शोरूमको उद्घाटन गरेका छन् ।

उद्घाटन समारोहमा अभिनव चुरिवालले लेमिनारले देशभर १०० भन्दा बढी विशेष शोरूमहरू स्थापना गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताए ।

बर्दियाको गुलरियामा १२.५ बिगाह क्षेत्रफलमा अवस्थित अत्याधुनिक युरोपेली प्रविधियुक्त उत्पादन केन्द्रबाट लेमिनार टायल्सको उत्पादन भइरहेको छ । कम्पनीले ५०० भन्दा बढी आकर्षक डिजाइनमा पाँच फरक आकारका टायल्स बजारमा उपलब्ध गराएको छ । 

यी टायल्सहरू पूर्ण भिट्रिफाइड भएकाले ९९.९२ प्रतिशतसम्म वाटरप्रुफ छन् । उच्च गुणस्तरको कच्चा पदार्थ तथा उन्नत उत्पादन प्रक्रियाका कारण अन्य सेरामिक टायल्सको तुलनामा चार गुणा बढी टिकाउ भएको कम्पनीले जनाएको छ । 


 

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  १४:४६
प्रतिक्रिया दिनुहोस्