site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
प्रविधि
Global Ime bankGlobal Ime bank
चीन–अमेरिकी सम्बन्ध चिसिँदा आइफोन बनाउने कम्पनी फक्सकन कार बनाउँदै
SkywellSkywell

काठमाडौं । ताइवानको प्रख्यात आइफोन निर्माता कम्पनी फक्सकनले अब विद्युतीय कार उत्पादनलाई गति दिने भएको छ ।

खासगरी चीन र अमेरिका बीचको सम्बन्धमा बढ्दो दरारका बेला कम्पनीले आफ्नो आपूर्ति श्रृखलालाई नयाँ दिशा दिन खोजिरहेको हो ।

Dabur Nepal
NIC Asia

बीबीसीसँगको एक विशेष अन्तर्वार्तामा कम्पनीका अध्यक्ष एवं मालिक यंग लिउले कम्पनीका लागि भविष्य के हुनसक्छ भनेर टिप्पणी गरेका छन् ।

फक्सकनले चीनबाट केही आपूर्ति शृङ्खला विस्थापन गरिरहेको छ । तर, आगामी दशकमा कम्पनीको वृद्धि र विकास भनेको विद्युतीय सवारी (ईभी) हुने फक्सकनका अध्यक्ष लिउ बताउँछन् ।

चीन–अमेरिकी तनाव बढ्दै जाँदा फक्सकनले सबैभन्दा खराबको स्थितिको लागि तयारी गर्नुपर्ने उनको भनाइ छ । तर, शान्ति र स्थिरतालाई दुवै देशका नेताले ध्यानमा राख्नुपर्ने उनले बताए ।

ताइवानमा होन हाइ टेक्नोलोजी ग्रुपले चिनिने फक्सकन सन् १९७४ मा टीभीको नब्स उत्पादन गर्दै सुरु भएको कम्पनी हो । हाल विश्वको शक्तिशाली कम्पनीका रुपमा रहेको फक्सकनको वार्षिक आम्दानी २०० अर्ब अमेरिकी डलर रहेको छ ।

फक्सकनले एप्पलका आधा भन्दा बढी उत्पादन बनाउँदै आएको छ । यसबाहेक कम्पनीले माइक्रोसफ्ट, सोनी, डेल र अमेजनका लागि पनि उत्पादन गर्दै आएको छ ।

फक्सकनले अहिले अब विद्युतीय कारलाई ठूलो आईफोन भन्दै उत्पादन थालेको छ । यसका केही मोडल बजारमा आइसकेका छन् भने, आगामी वर्षहरुमा विश्वबजारको पाँच प्रतिशत हिस्सा ओगट्ने कम्पनीको अपेक्षा छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १३:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro