site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रयोगकर्ताको व्यक्तिगत कुराकानी 'रेकर्ड गरेको' मुद्दा सुल्झाउन १३ अर्ब रुपैयाँ तिर्दै एप्पल
Tiktok banner adTiktok banner ad

काठमाडौं । अमेरिकी टेक्नोलोजी कम्पनी एप्पलले एक गोपनीयतासम्बन्धी मुद्दा सुल्झाउन नौ करोड ५० लाख अमेरिकी डलर तिर्ने भएको छ । एप्पलको भ्वाइस असिस्टेन्ट 'सिरी'ले प्रयोगकर्ताको व्यक्तिगत कुराकानी रकेर्ड गरेर गोपनीयता उल्लंघन गरेको मुद्दामा करिब १३ अर्ब १९ करोड रुपैयाँभन्दा बढी तिर्न तयार भएको हो ।

आईफोन प्रयोगकर्ताहरूले सिरीमार्फत आफ्ना कुराकानी रकेर्ड गरेर एप्पलले विज्ञापनकर्ता र अन्य तेस्रो पक्षलाई बिक्री गरेको आरोप लगाएका थिए । कतिपय प्रयोगकर्ताले आफूले गरेका कुराकानीपछि फोनमा त्यस्तै विज्ञापन देखाइएको बताएका छन् ।

यसै मुद्दाको समाधानसम्बन्धी प्रस्ताव मंगलबार अमेरिकाको क्यालिफोर्नियाको संघीय अदालतमा पेस भएको छ । यस मुद्दाले सन् २०१४ को सेप्टेम्बर १७ देखि सन् २०२४ को डिसेम्बर ३१ सम्मको गोपनीयता उल्लंघनसम्बन्धी आरोपलाई समेटेको छ ।

प्रस्ताव स्वीकृत भएमा सिरी असिस्टेन्ट उपलब्ध रहेका लाखौँ डिभाइस प्रयोगकर्ताले प्रति डिभाइसको २० अमेरिकी डलर पाउने बताइएको छ ।

तर, एप्पलले यो आरोप अस्वीकार गरेको छ । कम्पनीले निरन्तर आफूले गोपनीयतालाई प्राथमिकतामा राख्दै आएको बताएको छ ।

एप्पलको सिरीले 'हे सिरी' भन्दा सक्रिय भएर आईफोन एवं अन्य डिभाइसमा विभिन्न डिजिटल कामहरू गर्न मद्दत गर्ने छ ।

द गार्जियनबाट ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  १५:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro