site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इटालीले दूरसञ्चार सेवाका लागि स्पेसएक्ससँग १.५ अर्ब डलरको सम्झौता गर्दै

काठमाडौं । इटालीले विश्वकै धनाढ्य एलन मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्ससँग सुरक्षित दूरसञ्चार सेवाका लागि १.५ अर्ब अमेरिकी डलरको सम्झौता गर्ने भएको छ ।

इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटपछि यो सम्झौता अघि बढेको हाे ।

पाँच वर्षको यो सम्झौतालाई अन्तिम रूप दिन बाँकी छ । त्यसअघि नै इटालीको इन्टेलिजेन्स सर्भिस र रक्षा मन्त्रालयले यसलाई स्वीकृत गरिसकेको छ ।

स्पेसएक्सले प्रस्ताव गरेको यो सेवाले इटाली सरकार र सेनालाई इन्क्रिप्टेड टेलिफोन तथा इन्टरनेट सुविधा पनि उपलब्ध गराउने अनुमान गरिएको छ ।

यो सम्झौताको चर्चा सन् २०२३ को मध्यदेखि नै चलेको थियो । इटालीको स्थानीय दूरसञ्चार कम्पनीहरुले यसको विरोध गर्दै आएका थिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  १६:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro