site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एआई डाटा सेन्टर निर्माणमा माइक्रोसफ्टको पहल

सान फ्रान्सिस्को । माइक्रोसफ्टले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) डाटा सेन्टर निर्माण गर्न सन् २०२५ मा ८० अर्ब अमेरिकी डलर छुट्ट्याएको कम्पनीले जनाएको छ ।

माइक्रोसफ्टले शुक्रबार एक ब्लग पोस्टमा भनेको छ, “टेक विशालले एआई मोडेलहरूलाई तालिम दिन तथा विश्वभर एआई र क्लाउड–आधारित अनुप्रयोगहरू प्रयोग गर्ने योजना बनाएको छ ।”

माइक्रोसफ्टका उपाध्यक्ष ब्राड स्मिथका अनुसार, त्यो ८० अर्ब डलर विनियोजनमध्ये आधाभन्दा बढी संयुक्त राज्य अमेरिकामा खर्च हुनेछ ।

स्मिथले थपे, “एआईले अर्थतन्त्रको हरेक क्षेत्रमा नवप्रवर्तन र उत्पादकत्व बढाउने वाचा गर्छ । संयुक्त राज्य अमेरिका यस नयाँ प्रविधि लहरको अगाडि उभिन तयार छ ।”

माइक्रोसफ्ट तथा ओपनएआई एउटा डाटा सेन्टर सुविधाको निर्माणका बारेमा वार्तामा थिए । यो सुविधा निर्माण गर्न १०० अर्ब डलरभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको थियो । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २०, २०८१  १४:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro