site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सांसदले सोधे– ‘सेटिङ’मा न्यायाधीश भएको उजुरी छ, कसरी लिनुभएको छ ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध ‘सेटिङ’मा न्यायाधीश भएको भन्ने उजुरी परेको सांसदले बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सांसदले कार्कीलाई प्रश्न गरेका हुन् ।

ईश्वरीदेवी न्यौपानेले भनिन्, “सेटिङमा न्यायाधीश भएको, सार्वजनिक जग्गा किर्ते गरेर सारेको र तपाईंले पनि अंश लिएको भनेर उजुरी आएको छ, यसलाई कसरी लिनुभएको छ ?” 

Prabhu Bank
Agni Group
NIC Asia

उनले न्यायालयमा विश्वास गुमेको भन्दै गरिबको पहुँच नपुगेको बताइन् । “सहज र सबैको पहुँच कसरी हुन्छ ?,” उनले सोधिन् ।

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध योपटक धेरै उजुरी परेको उनको भनाइ छ । “धेरै उजुरी परेको पहिलो घटना हो यो । अप्रिय घटना भयो । बहालवाला न्यायाधीशले पनि उजुरी आयो,” उनले भनिन्, “यहाँ नाराबाजी भयो, यसलाई कसरी हेर्नुभएको छ । भोलिको दिनमा कसरी न्याय दिनुहुन्छ ?”

Global Ime bank

कार्कीलाई उनले अर्को प्रश्न पनि गरिन्, “इजलास बहिष्कार गरेर तलबभत्ता लिएको भन्ने पनि उजुरी आएको छ, यसलाई कसरी लिनुभएको छ ?”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  ०९:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
ICACICAC