site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
इलाम–२ मा दुई हजार ८३९ मत गन्दा खड्काको अग्रता कायमै

इलाम । इलाम क्षेत्र नम्बर–२ को उपनिर्वाचनअन्तर्गत फाकफोकथुम गाउँपालिकाका १ र २ नम्बर वडाको मतगणना गरिँदा नेपाली कांग्रेसका उमेदवारको अग्रता कायमै छ ।

यी दुई वडामा दुई हजार ८३९ मत खसेको थियो । कांग्रेस उमेदवार डम्बर खड्का ८२ मतान्तरले अगाडि छन् । यी दुई वडाबाट खड्काले एक हजार १४५ मत प्राप्त गरेका छन् ।

दोस्रो स्थानमा रहेका नेकपा (एमाले)का उमेदवार सुहाङ नेम्वाङले एक हजार ६३ मत ल्याएका छन् । 

तेस्रो स्थानमा स्वतन्त्र उमेदवार डकेन्द्र थेगिम रहेका छन् । मुढा चिह्नका थेगिमले ३११ मत पाएका छन् । चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार मिलन लिम्बूले २०९ मत ल्याएका छन् ।

इलाम नगरपालिका–७ स्थित गौतमबुद्ध सम्मेलन केन्द्र (सिटी हल)मा मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए । इलाम–२ मा एक लाख १५ हजार ८८९ मतदाता रहेकामा ६९ हजार ४२१ जनाले मतदान गरेका छन् ।

इलाम–२ मा इलाम नगरपालिका, देउमाई नगरपालिका, माङ्सेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका, चुलाचुली गाउँपालिका र माई नगरपालिकाका ६, ७ र ८ नम्बर वडा पर्छन् ।

इलाम–२ मा आइतबार मध्याह्नदेखि मतगणना थालिएको हो । यहाँ १९ उमेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

प्रतिनिधिसभा सदस्य पदका निम्ति यहाँ शनिबार (हिजो) मतदान भएको थियो । इलाम–२ बाट जितेका सुवासचन्द्र नेम्वाङको निधन भएपश्चात् रिक्त पदका निम्ति उपनिर्वाचन गरिएको हो ।

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १५:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro