site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
इलाम मतगणना : कांग्रेसलाई सुरुआती अग्रता, रास्वपाका लिम्बू चौथोमा
Sarbottam CementSarbottam Cement

इलाम । इलाम क्षेत्र नम्बर–२ को उपनिर्वाचनअन्तर्गत मतगणना जारी छ । फाकफोकथुम गाउँपालिकाका एक हजार ५४१ मत गन्दा नेपाली कांग्रेसका उमेदवारले अग्रता कायम गरेका छन् । कांग्रेस उमेदवार डम्बर खड्काले ६५७ मत प्राप्त गरेका छन् । दोस्रो नम्बरमा रहेका नेकपा (एमाले)का उमेदवार सुहाङ नेम्वाङले ५३४ मत ल्याएका छन् ।

यस्तै, स्वतन्त्र उमेदवार डकेन्द्र थेगिमले मुढा चिह्नमा १८७ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार मिलन लिम्बूले ११५ मत ल्याएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

इलाम–२ मा आइतबार मध्याह्नदेखि मतगणना थालिएको हो । यहाँ १९ उमेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

प्रतिनिधिसभा सदस्य पदका निम्ति यहाँ शनिबार (हिजो) मतदान भएको थियो । इलाम–२ बाट जितेका सुवासचन्द्र नेम्वाङको निधन भएपश्चात् रिक्त पदका निम्ति उपनिर्वाचन गरिएको हो ।

Global Ime bank

इलाम नगरपालिका–७ स्थित गौतमबुद्ध सम्मेलन केन्द्र (सिटी हल)मा मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए । इलाम–२ मा एक लाख १५ हजार ८८९ मतदाता रहेकामा ६९ हजार ४२१ जनाले मतदान गरेका छन् ।

इलाम–२ मा इलाम नगरपालिका, देउमाई नगरपालिका, माङ्सेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका, चुलाचुली गाउँपालिका र माई नगरपालिकाका ६, ७ र ८ नम्बर वडा पर्छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १४:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय