site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नयाँ भवनबारे महानगरको प्रश्न : प्राधिकरण भन्छ– नक्सा पास छैन
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले निर्माण गरेको नयाँ भवनबारे प्रश्न उठाएको छ । प्राधिकरणले भवन निर्माण गर्दा नक्सा पास नगरेको भन्दै महानगरले प्रश्न उठाएको हो ।

प्राधिकरणले पौने दुई अर्ब रुपैयाँको लागतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा नयाँ भवन निर्माण गरेको छ ।

प्राधिकरणको उक्त भवन नौ वर्षअघि २०७२ वैशाखदेखि निर्माण सुरु गरेको थियो । भूकम्प कोरोना महामारीलगायतको कारण भवन निर्माणमा ढिलाइ भएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

अहिले केही विभागहरू उक्त भवनमा सरिसकेका छन् । भवन ‘फिनिसिङ’को अन्तिम चरणमा छ । उक्त भवन परिसरमा ६६ वटा गाडी र ११५ वटा मोटरसाइकल/स्कुटरको लागि पार्किङ क्षमता रहेको प्राधिकरणले जनाएको छ ।

सिनामंगलस्थित प्राधिकरणको नाममा रहेको जग्गामा नयाँ भवन निर्माण भएको देखिएकोले उक्त भवन प्रचलित नियम÷कानुनबमोजिम निर्माण भएको छ÷छैन ? भन्दै महानगरले प्राधिकरणलाई सोधेको छ ।

Global Ime bank

महानगरले नक्सा पास गरेको भए प्रमाण दिन र नगरको भए ३५ दिनभित्र नक्सा पास गर्न भनेको छ ।

प्राधिकरणसँग छैन नक्सा पास

प्राधिकरणले उक्त भवनको नक्सा पास भने गरेको छैन । उसका अनुसार भवन निर्माण गर्दा नक्सा पास गर्नुपर्ने अनिवार्य व्यवस्था थिएन । जसले गर्दा प्राधिकरणले पनि नक्सा पासको स्वीकृति नलिई भवन निर्माण गरेको प्राधिकरणका एक कर्मचारीले बताए ।

“२४ गते महानगरले पत्र काटेको रहेछ । हामीले अहिले पायौँ । त्यस विषयमा छलफल भइरहेको छ,” ती कर्मचारीले भने, “हामीले भवन निर्माण गर्दा नक्सा पास गर्नुपर्ने अनिवार्य प्रावधान थिएन । अनिवार्य रुपमा नक्सा पास गर्ने प्रावधान पछिमात्र आएको हो । त्यसकारण पहिले नक्सा पास नगरिएको हो ।”

यस्तो छ महानगरले काटेको पत्र

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १६:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय