site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंमा पेस्तोल र गोली फालेर भागे, भक्तपुरबाट परे पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । पेस्तोल र गोलीसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–३ का ३२ वर्षीय रमेश बानियाँ छन् ।

बानियाँलाई बुधबार राति पेस्तोल एकथान, पेस्तोलमा लाग्ने म्याग्जिन दुईथान र गोली ११ थानसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी बानियाँ काठमाडौंको जय वागेश्वरीस्थित जेनिस अटो रिकन्डिसननजिक सडकमा बसिरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त गौशालाबाट टोली खटिएको थियो ।

प्रहरीलाई देख्नासाथ आफूले बोकेको झोला सडकमा फालेर उनी फरार भएका थिए । प्रहरीले झोला तलासी गर्दा उक्त हतियार फेलापारेको थियो ।

खोजी गर्ने क्रममा भक्तपुरको नयाँ ठिमीस्थित नयाँ बाटोबाट बानियाँलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १६:००
प्रतिक्रिया दिनुहोस्