site stats
बाह्रखरी :: Baahrakhari
देश
संसद् भवनअगाडि प्रदर्शन गर्ने अधिकारकर्मी पक्राउ

काठमाडौं । संसद् भवनअगाडि प्रदर्शन गर्ने केही अधिकारकर्मीलाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएको छ ।

भ्रष्ट नेता, नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरूलाई कारबाही गर्नुपर्नेलगायत माग राख्दै प्रदर्शनमा उत्रिएका उनीहरूलाई नयाँ बानेश्वरबाट नियन्त्रणमा लिइएको हो । मानवअधिकार तथा शान्ति समाजको आह्वानमा उनीहरूले प्रदर्शन गरेका थिए ।

Argakhachi Cement Island Ad

‘सार्वभौम संसद्ले भ्रष्ट नेतालाई कारबाही गरोस्’, ‘सार्वभौम संसद् भ्रष्टाचारीको संरक्षण गर्ने थलो नबनोस्’, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न शीर्ष नेतासहित मूल दोषीहरूलाई कारबाही गर’ भन्ने नारासहित प्रदर्शन गरिएको थियो ।

यस्तै, ‘चुरे ध्वस्त पार्न पाइँदैन : मधेसमारा नीति चाहिँदैन’, ‘शीर्ष नेताहरूको सम्पत्ति छानबिन खोइ ?’, ‘भ्रष्टाचारी नेताको स्वर ठूलो किन ?’ लगायत प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

प्रहरीले शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, डा. केदारनरसिंह केसी, उत्तम पुडासैनी, चन्द्रमणि बञ्जारालगायत १६ अधिकारकर्मीलाई नियन्त्रणमा लिएको जनाइएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १४:०९
प्रतिक्रिया दिनुहोस्