site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निःशुल्क उपचारको नीतिलाई प्रभावकारीरूपमा कार्यान्वयन गरिनेछ : स्वास्थ्यमन्त्री बस्नेत
Tiktok banner adTiktok banner ad

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्न र असहाय बिरामीका लागि निःशुल्क उपचारको नीतिलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्ने बताएका छन् ।

बुधबार सिंहदरबारमा बसेको संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सबै अस्पतालमा दश प्रतिशत विपन्न र असहाय बिरामीका लागि निःशुल्क उपचारको नीतिलाई स्थानीय तहको सिफारिसका आधारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने बताएका हुन् ।

उनले पैसा नभएर उपचार नपाई अकालमा मृत्युवरण गर्नुपर्ने अवस्थामा कोही नागरिकलाई पनि पुग्न नदिन सरकार प्रतिबद्ध रहेको बताए ।

त्यस्तै, उनले सरकारी अस्पतालमा टिकटका लागि लामो लाइन बस्नुपर्ने अवस्थालाई कम गर्न अनलाइन टिकटको व्यवस्था गर्ने र टिकट वितरणको काउण्टरको संख्या बढाउने सिस्टमको सुरुआत नै भइसकेको बताए ।

मन्त्री बस्नेतले विभिन्न अस्पतालमा उपयोगविहीन उपकरणलाई आवश्यकताका आधारमा अन्य अस्पतालमा वितरण गराइएको धारणा राखे । उनले बिभिन्न रोगको निदानका लागि उच्च सतर्कता अपनाइएको र विभागहरूलाई आवश्यक निर्देशन दिइसकेको जानकारी दिए ।

बैठकमा समिति सदस्यहरुले नागरिकले सहज स्वास्थ्य सेवा पाउनुपर्ने, स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी कार्यान्वयन हुनुपर्ने लगाएतका बिषयमा सरकार गम्भीर हुनुपर्ने बताएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  १६:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro