site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
चिनियाँ विश्वविद्यालयले पछि पारे अक्सफोर्ड र क्याम्ब्रिजलाई

काठमाडौं । चीनबाहिर थोरै चर्चामा रहेका विश्वविद्यालयले पश्चिममा ख्यातिप्राप्त विश्वविद्यालयलाई पछाडि पारेका छन् ।

नेचर जर्नलमा प्रकाशित सूचकांकका अनुसार उच्च गुणस्तरको वैज्ञानिक अनुसन्धानमा चिनियाँ विश्वविद्यालयले अक्सफोर्ड, क्याम्ब्रिज, प्रिन्सटन र क्यालटेकजस्तालाई पछि पारेको हो ।

एकेडेमिक जर्नल नेचरको नयाँ अद्यावधिक सूचीमा शीर्ष १० मध्ये सात चिनियाँ विश्वविद्यालय छन् ।

सन् २०२२ फेब्रुअरी १ देखि सन् २०२३ जनवरी ३१ सम्म प्रकाशित ‘उच्च गुणस्तरका अनुसन्धान लेख र सहकार्यका आधारमा’ सूचकांक तय गरिएको नेचर जर्नलमा उल्लेख छ । सूचकांकको प्रक्रिया सरल र पारदर्शी रहेको जर्नलको जिकिर छ ।

सूचीको पहिलो नम्बरमा चाइनिज एकेडेमी अफ साइन्सेज (सीएएस), दोस्रोमा हार्वर्ड विश्वविद्यालय, तेस्रोमा जर्मनीको म्याक्स प्लांक सोसाइटी, फ्रान्सेली नेसनल सेन्टर फर साइन्टिफिक रिसर्च चौथो र पाँचौँमा चीनको विज्ञान र प्रविधि विश्वविद्यालय (यूएसटीसी) छ ।

छैटौँ नम्बरमा चिनियाँ विज्ञान एकेडेमी विश्वविद्यालय (यूसीएएस), सातौँमा चीनकै नान्जिङ विश्वविद्यालय (एनजेयू), आठौँमा पनि चीनकै पेकिङ विश्वविद्यालय (पीकेयू), नवौँ नम्बरमा समेत चीनकै सिङ्गुआ विश्वविद्यालय छ । दशौँ नम्बरमा अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालय छ ।

बेलायतको अक्सफोर्ड र क्याम्ब्रिज विश्वविद्यालय क्रमशः १६औँ र १९औँ नम्बरमा छन् । चिनियाँ अनुसन्धानको स्तर बढ्नुमा विज्ञहरू स्वदेश फर्किनु र चीनकै संस्थानमा आबद्ध हुनुजस्ता कारण रहेको जनाइएको छ ।

चिनियाँ विश्वविद्यालयको अनुसन्धानको स्तर उल्लेखनीय रूपमा बढेको त्यहाँकै सियामेन विश्वविद्यालयका प्रोफेसर पेङ ली बताउँछन् ।

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  १३:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro