site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
टुंगियो शारीरिक सुगठनको विवाद, राजेशबाबुको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौं । नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको अध्यक्षमा राजेशबाबु श्रेष्ठ निर्वाचित भएका छन् । गएको आइतबार सम्पन्न महासंघको पहिलो निर्वाचनबाट श्रेष्ठको अध्यक्षतामा १६ सदस्यीय कमिटी गठन भएको हो ।

यसअघि, नेपाल शारीरिक सुगठन तथा फिटनेस संघ र नेप्लेज फेडेरेसन अफ बडी बिल्डिङ संघ अस्तित्वमा थिए । नेपाल खेलकुद विकास ऐन, २०७७ आएपछि राष्ट्रिय खेलुकद परिषद् (राखेप)ले एउटै संघ बनाउने नीति लिएको थियो ।

सोहीअनुसार राखेपले नेपाल शारीरिक सुगठन तथा फिटनेस संघ र नेप्लेज फेडेरेसन अफ बडी बिल्डिङ संघ विघटन गरेर राजेशबाबु श्रेष्ठको नेतृत्वमा २७ सदस्यीय तदर्थ समिति गठन गरेको थियो ।

राखेपले तदर्थ समितिलाई तीन महिनाभित्र नयाँ विधान बनाई निर्वाचन गर्ने ‘म्यान्डेट’ दिएको थियो । तदर्थ समितिले विधान निर्माणकार्य सम्पन्न गरेको थियो । निर्वाचन भने गर्न भ्याएको थिएन ।

त्यसपछि राखेपलाई समय थपका लागि अनुरोध गरिएको थियो । तर, समय थप्न नमिल्ने भन्दै राखेपले श्रेष्ठकै नेतृत्वमा १५ सदस्यीय नयाँ तदर्थ समिति गठन गरिदियो ।

त्यही तदर्थ समितिले आइतबार निर्वाचन गरेर नयाँ कार्यसमिति चयन गरेको हो । महासंघको पहिलो साधारणसभाले श्रेष्ठको नेतृत्वमा १६ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको बताइएको छ ।

महासंघको वरिष्ठ उपाध्यमा विजयलाल कायस्थ, उपाध्यक्षमा सुजन लामा र रोशन महर्जन चयन भए । महासचिवमा अजय बज्राचार्य, सविचमा दिनेशकुमार राजभण्डारी र कोषाध्यक्षमा बलराम सुवेदी चुनिए ।

यस्तै, सदस्यहरूमा दिनेश श्रेष्ठ, राजकुमार श्रेष्ठ, बाबुकाजी मानन्धर, नरेशकुमार मल्ल, अमृत रोकाया क्षेत्री, राजेशरत्न बज्राचार्य, दुर्गाबहादुर श्रेष्ठ, ननिता महर्जन र विनिता राई सर्वसम्मत निर्वाचित भए ।

नवनिर्वाचित कार्यसमितिले महासंघको विधानानुसार अध्यक्षको सिफारिसमा राजेश उपाध्यायलाई उपाध्यक्षमा मनोनीत गर्‍यो । यस्तै, ज्ञानेन्द्र नकर्मी, नवीन आलेमगर, प्रज्ज्वल राई, निर्मला महर्जन, रेणुका श्रेष्ठ, रचना श्रेष्ठ र देविका राईलाई सदस्यमा मनोनीत गरिएको छ ।

महासंघले वाग्मती, लुम्बिनी, कर्णाली र गण्डकी प्रदेश समिति पनि गठन गरेको सचिव दिनेशकुमार राजभण्डारीले जानकारी दिए ।

उनका अनुसार मधेस प्रदेशमा पनि प्रदेश कमिटी गठन भइसकेको छ । सुदूरपश्चिम र कोसीमा भने प्रदेश कमिटी गठन हुन बाँकी छ ।

वाग्मती प्रदेशबाट राजनकुमार श्रेष्ठ, गण्डकी प्रदेशबाट वकिलमान तुलाधर ‘उदास’, लुम्बिनी प्रदेशबाट सितुप्रसाद श्रेष्ठ र कर्णाली प्रदेशबाट रमेशकुमार केसी पदेन उपाध्यक्ष बनेका छन् ।

०३५ सालमा भारोत्तलन तथा शारीरिक सुगठन संघ गठन भएको थियो । २०४७ सालमा भारोत्तलन संघ र नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघ अलग भएका थिए । त्यसपछि २०६२ सालसम्म नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघ तदर्थ समितिमा चलेको थियो । २०६२ सालमा किशोरबहादुर सिंह सदस्यसचिव भएका बेला पहिलो साधारण सभा भएर राखेपमा दर्ता भएको थियो ।

त्यसपछि ०७५ मा पुनः नेपाल शारीरिक सुगठन तथा फिटनेस संघबाट छुट्टिएर नेपाल फेडेरेसन अफ बडी बिल्डिङ संघ गठन भएको थियो ।

नयाँ खेलकुद ऐनअनुसार पुनः दुई संघ गाभिएर नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघ बनाइएको हो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  १३:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro