site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बगैँचाको विवादमा फ्रान्समा ११ वर्षीया बालिकाको हत्या
प्रतीकारात्मक तस्बिर ।

पेरिस । फ्रान्सको ब्रिट्नीको सेन्ट–हर्बोटमा ११ वर्षीया बेलायती बालिकाको आइतबार गोली हानी हत्या भएको छ ।  

सीएनएनले स्थानीय मेयरको कार्यालयलाई उद्धृत गर्दै जनाएअनुसार बगैँचामा देखिएको विवादका क्रममा उनको छिमेकीले गोली हानेको हो ।  आक्रमणमा उनका आमाबुवा गम्भीर घाइते भएका छन् । उनकी आठ वर्षीया बहिनी भने भागेकी थिइन् ।  

Dabur Nepal
NIC Asia

उनको परिवार बगैँचामा बसेको समयमा ७१ वर्षीय डच छिमेकी बन्दुक लिएर आक्रमण गर्न त्यहाँ पुगेको बताइएको छ ।

घटनामा ११ वर्षीया बालिका मृत अवस्थामा फेला परेको र आमाबाबुलाई गम्भीर चोट लागेको थियो ।  घटनाको एक घण्टापछि आक्रमणकारीले आत्मसमर्पण गरेको प्रहरीले जनाएको  छ ।

प्लोनेभेज–डु–फाउ रेजिन गुइलोटको टाउन हलका कर्मचारीका अनुसार बगैँचाको सिमानामा रहेका रूखहरू काट्ने विषयमा असहमतिका कारण गोली हानाहान भएको हो । रासस/एएनआई

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १६:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro