site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
ब्याटिङ नचल्दा पाकिस्तान ‘ए’सँग नेपाल नौ रनले पराजित

काठमाडौं । बलिङमा उत्कृष्ट प्रदर्शनका बाबजुद नेपाल एसीसी महिला इमर्जिङ टिम्स कपमा पाकिस्तान ‘ए’सँग नौ रनले पराजित भएको छ ।

मंगलबार हङकङको मोङकङस्थित मेसन रोड मैदानमा पाकिस्तानले ८८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ७८ रन मात्र बनाउन सक्यो ।

नेपालकी ओपनर कविता कुँवरले २० र कविता जोशीले १५ बाहेक नेपाली टिमबाट अरू खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । ज्योति पाण्डे नौ रनमा अविजित रहिन् । सम्झना खड्काले सात, कप्तान रुबिना क्षेत्री र सीता रानामगरले समान ६ रन जोडे । इन्दु वर्माले चार र विन्दु रावलले तीन रन थपे ।

Dabur Nepal
NIC Asia

पाकिस्तानकी तुबा हसन र सयेदा अरुबीले समान दुई विकेट लिए । अनोसा नासिर र उम्म–इ–हानीले एक/एक विकेट लिए ।

त्यसअघि, टस हारेपछि ब्याटिङमा उत्रिएको पाकिस्तानले १९.२ ओभरमा सबै विकेट गुमाएर ८७ रन बनाएको थियो ।

पाकिस्तान ‘ए’का लागि ओपनर शवाल जुल्फिकरले ३६ बलमा २८ रन जोडिन् । कप्तान फतिमा सनाले १६, सदफ शामसले १२ र गुल फेरोजाले ११ रन बनाए ।

नेपालकी इन्दु वर्माले तीन विकेट लिइन् । कविता जोशी, कविता कुँवर र सीता रानामगरले समान दुई विकेट लिए ।

थाइल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले यो प्रतियोगितामा खेल्ने अवसर पाएको हो । एसीसी महिला इमर्जिङ टिम्स एसिया कपमा नेपाली टोलीको यो पहिलो सहभागिता हो ।

प्रतियोगितामा नेपाल समूह ‘ए’मा छ । नेपालले समूहमा हङकङ, भारत र पाकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्नेछ । दोस्रो खेल नेपालले यही जुन १५ मा भारतसँग खेल्नेछ । नेपालले जुन १७ मा घरेलु टोली हङकङसँग खेल्नेछ ।

समूह ‘बी’मा मलेसिया, यूएई, बंगलादेश र श्रीलंका ‘ए’ छन् । दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल जुन १९ मा हुनेछ । फाइनल खेल जुन २१ मा हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  ११:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro