site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बजाजले ल्यायो शून्य प्रतिशत ब्याजदरमा १८ महिनाको फाइनान्स जात्रा

काठमाडौं । बजाजले नेपाली उपभोक्ताका लागि शून्य प्रतिशत फाइनान्सको सुविधा ल्याएको छ । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले काठमाडौं उपत्यकाका ग्राहकहरुको सहुलियतका लागि यस्तो अफर ल्याएको हो ।

शून्य प्रतिशतमा बजाजसँग यात्रा ट्यागलाइन राख्दै कम्पनीले फाइनान्स जात्रा योजना ल्याएको छ । यसअन्तर्गत उपभोक्ताले कुनै पनि बजाज मोटरसाइकल १८ महिनासम्मको किस्तामा शून्य प्रतिशत ब्याजमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

यसले बजाजका मोटरसाइकल खरिद गर्न चाहने उपभोक्तालाइ अझै सजिलो बनाउने कम्पनीको विश्वास छ ।

यो फाइनान्स जात्राअन्तर्गत उपत्यकाभित्र बजाज मोटसाइकल खरिदमा ५० प्रतिशत डाउन पेमेन्टमा १८ महिनासम्मको किस्ता शून्य ब्याजदरमा पाउन सकिने कम्पनीले जनाएको छ ।

यो जात्रा काठमाडौं उपत्यकाका १८ बजाज शोरूमहरुमा जेठ २८ देखि ३२ गतेसम्म पाँच दिनको लागि लागु हुने बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  १८:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro