site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यथास्थितिमा बजेट पास गर्न नदिने एकीकृत समाजवादीको तयारी 

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)ले यथास्थितिमा आगामी आर्थिक वर्षको बजेट पास गर्न नदिने बताएको छ । 

पार्टी उपाध्यक्ष तथा सांसद राजेन्द्रप्रसाद पाण्डेले यहीँ स्थितिमा बजेट कुनै पनि हालमा पास हुन नदिने दाबी गरे । 

शुक्रबार पार्टी निकट समाजवादी प्रेस संगठनको प्रथम राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै उनले अहिलेको बजेटले समाजवाद उन्मुख अर्थव्यवस्था निर्माण गर्न नसक्ने भन्दै यसलाई हेरफेर गर्नुपर्ने बताए । 

“हामीले समाजवाद उन्मुख अर्थव्यवस्था निर्माण गर्ने भनेका छौँ । अहिले हामीले बजेटका बारेमा कडाइका साथ भनेका छौँ,” उनले भने, “यही अवस्थामा यही यथास्थितिमा बजेट पास हुँदैन । हामी प्रतिपक्षको सांसद भएर होइन, सत्ता पक्षकै भएर पनि यही यथास्थितिमा यो बजेट पास हुन दिँदैनौँ ।” 

उनले ११० करोड डडेलधुरा, ५५ करोड गोरखा र ७०/७५ करोड नुवाकोटमा गरी कुल २३२ करोड बजेट छुट्याइएको र बाँकी ७४ जिल्लामा २६८ करोड बजेट छुट्याइएको भन्दै आपत्ति जनाए ।


 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १४:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro