-1749398639.jpg)
काठमाडौं । नेपाली बजारमा गुणस्तर र नवप्रवर्तनका लागि विश्वासिलो भारतको नं. १ टायल कम्पनी कजारियाले आफ्नो सबैभन्दा प्रिमियम उत्पादन एचडी पोलिस्ड टायल (६०x१२० से.मी.) सार्वजनिक गरेको छ । नेपालमा पहिलोपटक केवल कजारियामा मात्र उपलब्ध यो विशेष टायलले सौन्दर्य, मजबुती र अत्याधुनिक प्रविधिलाई एकसाथ जोड्दै देशमा लक्जरी फ्लोरिङको नयाँ पहिचान बनाएको छ ।
विश्वस्तरीय मापदण्डअनुसार, नवीनतम् प्रविधिद्वारा निर्मित, एचडी पोलिस्ड टायल विशेषगरी भित्री सतहका लागि डिजाइन गरिएको हो । ऐना जस्तै चम्किलो, उच्च गुणस्तरीय प्रिन्ट, र सुपर–स्मुथ फिनिश रहेको यस टायलले जुनसुकै ठाउँलाई अझ आकर्षक र भव्य बनाउने बताइएको छ ।
“यो केवल टायल होइन, विलासिताको अनुभव हो । नेपालमा यस्ता उच्च गुणस्तरको उत्पादन पहिलोपटक ल्याउन पाउँदा हामी गर्व गर्छौँ । यो टायल सहरी क्षेत्रमा पहिले नै लोकप्रिय बनिसकेको छ र अब हामी नेपालका आर्किटेक्ट र इन्टेरियर डिजाइनरहरूलाई यस टायलमार्फत गुणस्तरमा नयाँ मापदण्ड प्रदान गर्न उत्साहित छौं,” कजारिया रामेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले भने ।
६०x१२० सेमीको एचडी पोलिस्ड टायल सधैँ उत्कृष्टता खोज्नेहरूका लागि बनाइएको हो । उचित हेरचाहसाथ दशकौँसम्म टिक्ने गरी निर्माण गरिएको यो टायलले केवल ठाउँको सौन्दर्य बढाउने मात्र होइन, सफाइ र मर्मतमा पनि सजिलो बनाउने विश्वास गरिएको छ ।
नेपालभर ४० भन्दा बढी एक्सक्लुसिभ सोरूमहरू र १०० भन्दा बढी भरपर्दो डिलरको बढ्दो नेटवर्कको साथ, कजारिया प्रिमियम टाइल्सको क्षेत्रमा एक परिचित नाम बन्न सफल भएको छ ।
कजारियाले ३०x३० सेमी, ३०x६० सेमी, ३०x४५ सेमी, ६०x६० सेमी, ६०x१२० सेमी र १९.५x१२० सेमी जस्ता विभिन्न साइजमा वाल र फ्लोर टाइल्सको विस्तृत र आकर्षक विकल्प उपलब्ध गराउँछ ।