site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
प्रिमियर इन्टरनेसनल स्कुलको आईबीडीपी र एनईबी दीक्षान्त समारोह सम्पन्न

काठमाडौं । नेपालकै एक मात्र आईबी कन्टिन्युम स्कुल प्रिमियर इन्टरनेसनल स्कुलले आईबीडीपी र एनईबीअन्तर्गत अध्ययन पूरा गरेका ७३ विद्यार्थीलाई एक भव्य दीक्षान्त समारोहमार्फत बिदाइ गरेको छ । समारोहबाट ४१ जना एनईबी र ३२ जना आईबीडीपीबाट दीक्षित भएका हुन् । 

समारोहका मुख्य अतिथि ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले दीक्षित विद्यार्थीहरूलाई शुभकामना दिँदै प्रिमियर स्कुलको शैक्षिक अग्रसरताको खुलेर प्रशंसा गरेका थिए ।

Argakhachi Cement Island Ad

“ललितपुर शिक्षाको केन्द्र हो र प्रिमियरजस्तो विद्यालय यो पहिचानको नेतृत्व गरिरहेको छ । प्रिमियर ललितपुर मात्र होइन, सिंगो देशकै उत्कृष्ट विद्यालयहरूमध्ये एक हो,” उनले भने, “यो विद्यालय शिक्षामा अग्रणी छ र विश्वस्तरीय गुणस्तर प्रदान गर्ने क्षेत्रमा सधैँ अगाडि छ ।”

कार्यक्रमको विशेष आकर्षण मुख्य अतिथि महर्जनद्वारा प्रदान गरिएका शैक्षिक सम्मानहरू थिए । एनईबीकी अयुष्मा राजभण्डारी र आईबीडीपीका शुभम बजगाईंलाई स्यालुटेटोरियनको सम्मान प्रदान गरिएको थियो । आईबीडीपीकी आश्नी रुंगटा र एनईबीका प्रबिग्य पुरुष ढकाललाई भ्यालेडिक्टोरियनको उपाधिले विभूषित गरियो । उनीहरूले मन्तव्यमार्फत आफ्ना शैक्षिक अनुभव, आभार तथा भविष्यका आकांक्षाहरू भावनात्मक रूपमा प्रस्तुत गरे ।

विद्यालयकी संस्थापक निर्देशक पवित्रा लिम्बूले विद्यार्थीहरूलाई उत्सुक र जिज्ञासा सिक्ने यात्राका रूपमा अभिभावकबाट लिएको बताइन् ।  उनले अभिभावकप्रति आभार व्यक्त गर्दै दीक्षित विद्यार्थीहरूलाई उज्ज्वल भविष्यका लागि शुभकामना दिइन् । कार्यक्रममा शिक्षा तथा युवा नेतृत्वसँग सम्बन्धित विभिन्न प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  १९:५६
प्रतिक्रिया दिनुहोस्