अर्थ व्यवसाय

काठमाडौं । ‘बिट द प्लाष्टिक’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै सिटिजन्स बैंकले कोसी प्रदेशको विराटनगरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
विश्व वातावरण दिवस २०२५ को अवसरमा बृहत् वृक्षारोपण कार्यक्रममा विश्वकर्मा चोक वडा–८ मा करिब एकसय रुख रोपेको हो । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले यसअघि नै देशका विभिन्न स्थानहरूमा स्वास्थ्य शिविर सञ्चालन, सामुदायिक विद्यालय एंव मठ मन्दिरहरूमा सहयोग गरिसकेको छ ।
हालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको थियो ।
फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२ २३:०७
प्रतिक्रिया दिनुहोस्