site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
होन्डाले तीनदिने निःशुल्क सर्भिस क्याम्प आयोजना गर्ने
Argakhachi Cement Island Ad

काठमाडौं । नेपालका लागि होन्डा गाडीको आधिकारिक बिक्रेता, स्याकार ट्रेडिङ कम्पनी प्रा.लि. ले ग्राहककेन्द्रित सेवालाई प्राथमिकता दिँदै विशेष तीनदिने निःशुल्क सर्भिस क्याम्प आयोजना गर्न लागेको छ । काठमाडौं, ललितपुर, भक्तपुर लगायतका सहरहरूलाई लक्षित गर्दै यही जेठ २७ देखि २९ गतेसम्म ललितपुरको धोबीघाटस्थित होन्डा सर्भिस सेन्टरमा सञ्चालन हुने उक्त क्याम्पमार्फत सेवा तथा सुरक्षाको थप सुनिश्चितता प्रदान गर्ने कम्पनीको उद्देश्य रहेको छ ।

क्याम्पमा २००१ देखि २०१४ मोडलसम्मका कम्पनीद्वारा तोकिएका गाडीहरूमा होन्डा सेफ्टी रिकल कार्यक्रमअन्तर्गत निःशुल्क एयरब्याग परिवर्तन गरिनेछ । साथै, ग्राहकहरूले विभिन्न सेवा सुविधाहरूमा विशेष छुट पनि प्राप्त गर्न सक्नेछन् । जसअन्तर्गत लेबर चार्जमा १० प्रतिशत, पार्ट्समा सात प्रतिशत, ल्युब्रिकेन्टमा पाँच प्रतिशत, एसी रिफिलमा २० प्रतिशत र डेन्ट–पेन्ट सेवामा १० प्रतिशत छुट प्रदान गरिने कम्पनीले जनाएको छ । यसैगरी एचडीएस स्क्यान सेवा समेत निःशुल्क उपलब्ध गराइने बताइएको छ ।

कम्पनीले भविष्यमा पनि आफ्ना ग्राहकहरूलाई यस्ता सुविधायुक्त कार्यक्रममार्फत उत्कृष्ट सेवा प्रदान गर्न निरन्तर काम गर्ने प्रतिबद्धता जनाएको छ । 

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  २१:०७
प्रतिक्रिया दिनुहोस्