site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अर्थतन्त्रमा बाह्य क्षेत्रमा सुधार, शोधनान्तर दुई खर्ब १४ अर्ब बचतमा
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । अर्थतन्त्रमा बाह्य क्षेत्रमा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको १० महिनाको तथ्यांक अनुसार गतवर्ष अत्याधिक घाटामा रहेको शोधनान्तर यो वर्ष बचतमा गएको हो ।
 
गतवर्ष दुई खर्ब ८८ अर्ब रुपैयाँले शोधनान्तर घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब ४१ करोडले घाटामा रहेको शोधनान्तर स्थिति चालु आर्थिक वर्षको १० महिनामा एक अर्ब ६३ करोडले बचतमा रहेको छ ।

चालु खाता ५४ अर्ब ६७ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता पाँच खर्ब ४५ अर्ब ६ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब ५५ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४२ करोड ४५ लाखले घाटामा छ । 

पुँजीगत ट्रान्सफर २०.५ प्रतिशतले कमी आई रु. ६ अर्ब ३६ करोड कायम भएको छ भने खुद् प्रत्यक्ष वैदेशिक लगानी चार अर्ब ३६ करोड मात्र आएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर सात अर्ब ९९ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ६५ करोड रहेको थियो ।
 
२०८० वैशाख महिनामा अन्तर्राष्ट्रिय मुद्रा कोषबाट एक्स्टेन्डेड क्रेडिट फसिलिटी (ईसीसएफ) अन्तर्गत दोस्रो किस्ता वापतको ६ अर्ब ८८ करोड (अमेरिकी डलर ५ करोड २७ लाख) प्राप्त भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १३:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu