site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जिप दुर्घटनामा एक दम्पतीको मृत्यु, एक घाइते
प्रतीकात्मक तस्बिर।
Tiktok banner adTiktok banner ad

मान्म । कालीकोटको रास्कोट नगरपालिका–२ सेरामा जिप दुर्घटना हुँदा एक दम्पतीको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

रास्कोटको बसपार्कबाट जितेका लागि छुट्न लागेको ब१च ४६४१ नम्बरको बलेरो जिप दुर्घटना हुँदा रास्कोट नगरपालिका–१ का ४३ वर्षीया मनबहादुर शाही र उनको श्रीमती मनकुमारी शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुवराज वमले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा सोही ठाउँकी ३० वर्षीया रिता शाही घाइते भएकी छन् ।

घाइतेको अवस्था गम्भीर रहेकाले हेलिकोप्टरबाट उद्धार गर्ने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

स्थानीयका अनुसार चालकले गाडी स्टार्ट गरेर जुत्ता लगाउन गएका बेला गाडी ब्याक सरेर खोलामा खसेको थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  १५:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro