site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
घोराही सिमेन्टले ३३५ रुपैयाँ प्रिमियम थप गरी जेठ ३२ गतेदेखि आईपीओ निष्कासन गर्दै

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले आउँदो जेठ ३२ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणमा ३३५ रुपैयाँ प्रिमियम मूल्य थप गरी ४३५ रुपैयाँमा आईपीओ निष्कासन गर्न लागेको हो ।

यसअघि कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरूमा  आईपीओ निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

कम्पनीलाई नेपाल धितोपत्र बोर्डले कुल ७९ लाख ४३ हजार ८०१ कित्ता आईपीओ बिक्री गर्न अनुमति दिएको थियो । कुल कित्तामध्ये कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीमा ६ लाख ६ हजार ३५० कित्ता, सामूहिक लगानी कोषहरूमा तीन लाख २८ हजार ९६१ कित्ता, कम्पनीका कर्मचारीहरूमा १९ हजार ५३० कित्ता र उद्योग प्रभावित क्षेत्रका बासिन्दामा ७७ हजार २९० कित्ता सेयर बाँडफाँट गरिसकेको छ ।

कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि तीन लाख ९७ हजार १९० कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सात लाख ५४ हजार ६६१ कित्ता, सामूहिक लगानी कोषका लागि तीन लाख ७७ हजार ३३१ कित्ता र कम्पनीका कर्मचारीहरूमा तीन लाख ७७ हजार ३३१ कित्ता विक्री खुला गरेको थियो । यसअघि वितरण हुन नसकेको शेयरसमेत थप गरी कुल ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ कम्पनीले सर्वसाधारणमा जारी गर्न लागेको हो ।

सर्वसाधारणले आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्ताका लागि असार ४ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिभित्र मागबमोजिम आवेदन नपरेमा असार १४ गतेसम्म बिक्री अवधि थप हुने बताइएको छ ।

कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेका छन् । विक्री प्रबन्धकसँगै लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिन तोकिएका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर अनलाइन प्रयोग गरी सी–आस्बा प्रणालीमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।

आईपीओ निष्कासनका लागि गराइएको रेटिङमा केयर नेपाल लिमिटेडले कम्पनीको वित्तीय दायित्व वहन गर्ने सुरक्षा क्षमताको मध्ययम आधारको संकेत गर्ने केयर एनपी ट्रिपल बी माइनस इस्युअर रेटिङ प्रदान गरेको छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनी चार अर्ब तीन करोड रुपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको छ । कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ २२६ रुपैयाँ ६१ पैसा रहेको छ । दोस्रो बजारमा कम्पनीको आईपीओले प्रतिकित्ता २२६ रुपैयाँ ६१ पैसादेखि ६७९ रुपैयाँ ८३ पैसासम्मको मूल्यरेञ्ज पाउने देखिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  १५:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro