site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
टिकटकमाथि हङकङका अभियानकर्ताको जासुसी गर्न चीनलाई मद्दत गरेको आरोप

काठमाडौं । टिकटकको मुख्य कम्पनी बाइटडान्समाथि चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी)का सदस्यहरूलाई जासुसी गर्न मद्दत गरेको आरोप लागेको छ ।

हङकङका नागरिक अधिकारकर्मी र प्रदर्शनकारीहरूको जानकारीमाथि सीसीपीका सदस्यलाई पहुँच गर्न अनुमति दिएको आरोप बाइटडान्समाथि लागेको हो ।

सन् २०१९ मा चीनले राष्ट्रिय सुरक्षा कानुन लागु गर्ने निर्णय गर्दा हङकङमा विरोध प्रदर्शन भएको थियो । बाइटडान्सका पूर्व हेड अफ इन्जिनियरिङ यिन्ताओ यूले अमेरिकी अदालतमा मुद्दा दायर गर्दै बाइटडान्समाथि यस्तो आरोप लगाएका हुन् ।

टिकटकमा विरोध सम्बन्धित सामग्री अपलोड गर्ने प्रयोगकर्ताहरूको पहिचान गरी निगरानीसमेत गरिएको उनको भनाइ छ । सीसीपीका सदस्यहरु अमेरिकी प्रयोगकर्ताको जानकारीमा पहुँच पाउन समेत सक्षम रहेको यूको भनाइ छ ।

बाइटडान्सका प्रवक्ताले यी दाबीहरू निराधार भएको भन्दै अस्वीकार गरेका छन् । सान फ्रान्सिस्को राज्यको उच्च अदालतमा दायर गरिएको मुद्दामा यूले यस्ता आरोपहरु लगाएका छन् । टिकटकलाई राष्ट्रिय सुरक्षाको जोखिम भएको भन्दै अमेरिकाले सरकारी उपकरणमा यसको प्रयोगमाथि प्रतिबन्ध लगाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  १२:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro