site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विदेशी लगानी भित्र्याउने कुरालाई प्राथमिकतामा राख्नुपर्छ : अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले विदेशी लगानी भित्र्याउने कुरालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

मंगलबार पार्टी निकट बौद्धिक पेसाकर्मी महासंघ नेपाल पुनर्गठन तयारी समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफू उपप्रधानमन्त्री हुँदा विभिन्न देशका लगानीकर्तासँग कुरा गरेको तर, नेपालमा लगानी गर्ने प्रक्रियाका लागि झन्झट हुने गरेको गुनासो पाएको बताए । विदेशीहरू नेपालमा लगानी गर्न इच्छुक भएपनि कानुनी व्यवधानहरूले समस्यामा पार्ने गरेको उनले बताए ।

उनले न्यायालय निष्पक्ष हुन नसकेको बताए । ७३ प्रतिशतभन्दा बढी बजेट तलब, भत्ता, ऋण तिर्न र यात्रामा खर्चर्दैमा सकिने भन्दै यस हिसाबले देशले आर्थिक समृद्धि ल्याउँछु भन्नु ढाँट्नुबाहेक केही नभएको उनको भनाइ छ ।

"अहिले ७३ प्रतिशत भन्दा बढी बजेट त तलव, भत्ता, ऋण तिर्न, यात्रामा खर्च सकिन्छ । त्यसको आधारमा कुनैपनि देशले आर्थिक समृद्धि ल्याउँछु भन्नु ढाँट्नुबाहेक केही होइन, त्यसैले नीति परिवर्तन गर्नुपर्छ," उनले भने ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १९:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro