site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रूसी नियन्त्रणको खेरसनको २४० किलोमिटर लामो बाँधमा विस्फोट, युक्रेनी सेनामाथि आरोप

काठमाडौं । रूसी नियन्त्रण रहेको खेरसनमा रहेको जलविद्युत् आयोजनाको विशाल बाँध नोभा काखोभमा विस्फोट भएको छ । युक्रेनको सेनाले उक्त बाँधलाई उडाएको बताइएको छ ।

युक्रेनको सैन्य प्रशासनले बाढीको उच्च जोखिमका कारण डिनिप्रो नदीको दाहिने किनारमा रहेका धेरै गाउँका मानिसहरुलाई सुरक्षित स्थानतर्फ सर्न तयार रहन आदेश दिएको छ ।

३५१ मेघावाट विद्युत उत्पादन गर्ने बाँध दुई हजार २५५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । २४० किलोमिटर लामो र २३ किलोमिटर चौडा बाँध तीनदेखि २६ मिटरसम्म गहिरो रहेको बताइएको छ ।

करिब १८.२ घनमिटर पानी रहेको बाँध भत्काउन पछाडि रूस र युक्रेन दुवैले एकअर्काेलाई आरोप लगाइरहेका छन् ।

रूसी नियन्त्रित युक्रेनी सहर नोभा काखोभकामा रहेका मस्कोका अधिकारी भ्लादिमिर लियोन्तेभले रूसी सरकारी टेलिभिजनसँग बोल्दै बाँधमा भएको क्षति युक्रेनी हमलाको परिणाम भएको बताएका छन् ।

विस्फोटले बाँधमा प्वाल पारेको भन्दै मर्मत गर्न असम्भव रहेको उनको भनाइ छ । कीभले भने आक्रमणको आरोप रूसी सेनालाई लगाएको छ ।

बाँध विस्फोटले पानीको ठूलो बहाव निम्त्याए पनि डिनिप्रो नदीमा स्थिति धेरै गम्भीर नबनेको र रूसी सेनालाई बायाँ किनारको रक्षा गर्नबाट रोक्न नसक्ने साल्डोको भनाइ छ ।

यो बाँधको पानी युरोपको सबैभन्दा ठूलो जापोरिझिया आणविक प्लान्टमा चिस्यानका लागि आपूर्ति हुनेगर्छ । यस्तै, काखोभका जलविद्युत प्लान्टमा र क्रिमियाको दक्षिणी भागमा पनि यसै बाँधको पानी आपूर्ति हुँदै आएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १४:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro