site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिद्धार्थ बैंकले मनायो विश्व वातावरण दिवस

काठमाडौं । सिद्धार्थ बैंकले विश्व वातावरण दिवसको अवसरमा स्वच्छ वातावरण निर्माणमा सघाउ पु¥याउने उद्देश्यले सातै प्रदेशमा विभिन्न कार्यक्रम आयोजना गरेर विश्व वातावरण दिवस मनाएको छ ।

वातावरण दिवसको अवसरमा विभिन्न स्थानहरूमा सरसफाइ तथा वृक्षरोपण कार्यक्रम, कर्मचारीबीच टिकटक प्रतियोगिता, पुनः प्रयोग गर्न सकिने कटन ब्याग वितरण र ‘नो प्रिन्ट डे’ जस्ता कार्यक्रम आयोजना गरेको थियो ।

बैंकले वृक्षरोपण तथा सरसफाइ कार्यक्रमअन्तर्गत देशका सातै प्रदेशमा कुल ५८१ वटा बोटबिरूवाहरू रोप्नुका साथै विभिन्न सार्वजनिक स्थानहरुमा सरसफाइ कार्यक्रमसमेत आयोजना गरेको बैैकले जनाएको छ ।

यस्ता कार्यहरुले वातावरणको संरक्षण, मानव स्वास्थ्य सुधार र दिगो विकासमा महत्वपूर्ण योगदान पु¥याउने बैंकको अपेक्षा छ ।

बैंकले वातावरण संरक्षणका निम्ति ‘से नो टू प्लास्टिक’ नारालाई अवलम्वन नगर्दै बैंकको आधिकारिक टिकटक पेजमा ‘बिट प्लास्टिक पोलुसन’ विषय राखी समाजमा वातावरण संरक्षणसम्बन्धी जनचेतना फैलाउन कर्मचारीबीच टिकटक प्रतियोगिता समेत गरिएको बैंकले जनाएको छ ।

सिद्धार्थ बैंकले देशैभर फैलिएको आफ्ना १९५ वटा शाखा, २२० वटा एटीएम र पाँचवटा एक्स्टेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १३:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro