site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मधेस प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुने
Sarbottam CementSarbottam Cement

जनकपुरधाम । मधेस प्रदेश सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मंगलबार (आज) प्रस्तुत हुने भएको छ । प्रदेशसभामा प्रदेश प्रमुख हरिशंकर मिश्रले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सो विषयमा प्रदेशसभालाई सोमबार पत्र पठाएको थियो । उक्त पत्र संसद्मा सभामुख रामचन्द्र मण्डलले पढेर सुनाएका थिए । वार्षिक नीति तथा कार्यक्रम प्रदेश प्रमुखले प्रस्तुत गर्ने भएकाले सबै सांसदलाई अनिवार्य उपस्थितको लागि प्रदेशसभाले आग्रह गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रदेश सरकारका अर्थमन्त्री संजयकुमार यादवले उत्पादनमुल क्षेत्रमा केन्द्रित भएर नीति तथा कार्यक्रम तयार पारिएको बताए । आयोग र अनुत्पादक क्षेत्रको आयोजनामा कटौति गरिएको उनले जानकारी दिए । सरकारले पहिलो प्राथमिकतामा कृषिलाई राखेको उनले जनाएका छन् । 

कृषिमा विद्युतीकरण र आत्मनिर्भर बनाउने शिपको दीर्घकालीन योजनाहरु समावेश गरिएको उनले बताए । उनका अनुसार कात्तिकमा मधेस प्रदेश सरकारले लगानी सम्मेलन गर्नेछ । उक्त सम्मेलनमा एक सय योजना सार्वजनिक गर्ने दिशामा प्रदेश सरकार अगाडि बढिरहेको उनले बताए । त्यसको दशवटा योजना तयार भइसकेको छ ।

Global Ime bank

प्रदेश सरकारले स्वदेशमै रोजगारी सिर्जना गर्न उक्त सम्मेलनभन्दा अगाडि भूमि व्यवस्था र गुठी सम्बन्धी ऐन बनाउने उनले घोषणा गरे । ‘प्रदेश सरकारले विदेशिएका युवालाई स्वदेशमै रोजगारी सिर्जना गरी उनको शिपलाई प्रयोग गर्नेछ,” उनले भने, “हामी ल्याण्ड बैंक पनि बनाउछौँ । त्यसपछि उद्योग सञ्चालनको लागि उक्त जमिनमा सरकार र निजी क्षेत्र सहकार्य गरेर उद्योगधन्दा चलाउने छन् ।” 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  ०७:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement