site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
लुम्बिनीमा पाँच महिनामा चार लाख ७० हजार पर्यटक भित्रिए
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

लुम्बिनी । पछिल्लो समय आन्तरिक पर्यटकसँगै लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउनेक्रम बढेको छ । यसै क्रममा पछिल्लो पाँच महिना अर्थात् २०२३ को जनवरीदेखि मे महिनासम्म कूल चार लाख ७० हजार ५४२ बढी पर्यटक लुम्बिनी भित्रिएका छन् ।

सन् २०२२ को जनवरीदेखि मे महिनासम्म तीन लाख ६२ हजार ५६ जनाले लुम्बिनी भ्रमण गरेका थिए  । गत वर्षकोभन्दा यस वर्षको संख्या एक लाख आठ हजार ४८६ ले बढी छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सन् २०२३ को जनवरीदेखि मे महिनासम्ममा ६७ देशका ३४ हजार ४१३ जना राहदानी लिएका, तीन लाख २४ हजार २६८  नेपाली र एक लाख ११ हजार ८६१  भारतीय नागरिकले बुद्धजन्मस्थलको भ्रमण गरेको तथ्यांक छ । गत वर्ष दुई हजार ६८७ राहदानी लिएका, दुई लाख ८९ हजार पाँचसय ९४ नेपाली र ६९ हजार ७७५  भारतीय नागरिकले लुम्बिनी भ्रमण गरेका जनाइएको छ । 

यस पाँच महिनाको अवधिमा नेपाली र भारतीय नागरिकबाहेक थाइल्यान्डका आठ हजार २४७, श्रीलंकाका पाँच हजार ७२१, म्यान्माका पाँच हजार ३९८, भियतनामका तीन हजार २३५, कोरियाली दुई हजार ६२९, चिनिया एक हजार २०८ र अन्य देशका सात हजार ६७५ जना राहदानीका नागिरकले बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेको लुम्बिनी विकास कोषले जनाएको छ । 

Global Ime bank

गत वर्ष सन् २०२२ मा यिनै पाँच महिनाको आगन्तुक गणना गर्दा तेस्रो मुलुक ९६ देशका राहदानी दुई हजार ६८७, नेपाली दुई लाख ८९ हजार ५९४ र भारतीयको सङ्ख्या ६९ हजार ७७५ रहेको थियो । तेस्रो मुलुकका राहदानी लिएकाको गणना गर्दा भियतनामी छ हजार ९२३, थाई चार हजार ३८०, श्रीलंकन एक हजार ८८५, म्यान्मा एक हजार ४९५ तथा अन्य नौ हजार २५९  छन् । रासस

    

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  ०७:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय