site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पनि थुनछेक बहस
Sarbottam CementSarbottam Cement

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पनि काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस हुनेछ । 

आइतबारबाट सरकारी वकिलको तर्फबाट न्यायधीवक्ता महेश खत्रीले बहस सुरु गरेका थिए । उनले यस प्रकरणमा ३० जनाविरुद्ध लगाइएको अभियोगमा तत्काल प्राप्त प्रमाणका आधारमा अभियुक्तहरु दोषी देखिने भन्दै पूर्पक्षका लागि थुनामा राख्न माग गरेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

खत्रीको  बहस सकिएसँगै अर्का सरकारी वकिल जनक घिमिरेले बहस सुरु गरेका थिए । घिमिरेले आज पनि बहस गर्नेछन् । घिमिरेको बहस सकिएपछि आज तीन सरकारी वकिलले बहस गर्नेछन् । न्यायाधीश न्यौपानेको इजलासले मंगलबारसम्म सरकारी वकिललाई बहस गर्ने समय तोकेको छ । 

नक्कली शरणार्थी प्रकरण : जेठ ३१ भित्र थुनछेक बहस सकाइने

Global Ime bank

सरकारी पक्षको बहस सकिएपछि जेठ ३० गतेसम्म पक्राउ परेका अभियुक्तका कानुन व्यवसायीले बहस गर्नेछन् । ३१ गते सरकारी वकिलको जवाफी बहस सकिएमा उक्त दिननै थुनछेक आदेश आउनेछ । आदेशमा अभियुक्तहरुलाई पूर्पक्षका लागि थुनामै राख्ने वा धरौटीमा छाड्ने आदेश हुनेछ । 

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै विभिन्न व्यक्तिबाट रकम असुली गरी ठगी गरेको अभियोगमा काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले जेठ १० गते मुद्दा दायर गरेको थियो । ३० अभियुक्तलाई ठगी, कीर्ते, राष्ट्रियहितविरुद्धको कसुर, संगठित अपराध  र एकीकृत कसुरको अभियोग लगाइएको छ । 

अभियुक्त बनाइएका ३० मध्ये १८ जना पक्राउ परेका छन् । १२ अझै फरार छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  ०७:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC