site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नक्कली शरणार्थी प्रकरण : जेठ ३१ भित्र थुनछेक बहस सकाइने

काठमाडौं । नक्कली भुटानी प्रकरणमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस जारी छ ।

न्यायाधीश न्यौपानेले बहस सुरु हुनु अगावै बहस समय बाँडफाँट गर्न भनेका थिए । जसअनुसार सरकारी वकिलको तर्फबाट आउँदो मंगलबारसम्म सुरुवाती बहस गर्ने समय बाडिँएको छ ।

सरकारी वकिलका तर्फबाट आठ सरकारी वकिलले बहस गर्ने छन् । सरकारी वकिलको बहस सकिएसँगै बुधबारबाट अभियुक्तहरूको तर्फबाट कानुन व्यवसायीहरूले बहस गर्ने छन् ।

इजलासबाट अभियुक्तहरूका कानुन व्यवसायीलाई जेठ ३० भित्र बहस सकाउन आदेश भएको हो ।  

न्यायाधीश न्यौपानेले जेठ ३१ गते सरकारी वकिलको जवाफी बहस सकिएसँगै थुनछेक आदेशसमेत उक्त दिन नै दिने बताएका थिए ।

आज  सरकारी वकिलको तर्फबाट महेश खत्रीसहितले बहस गरे ।

सरकारी वकिलका तर्फबाट पक्राउ परेका १८ अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न माग गर्दै बहस सुरु गरेका छन् । मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम अभियुक्तहरूलाई तीन वर्षभन्दा बढी कैद सजाय हुने कसुरहरूमा अभियोग लागेकाले उनीहरूलाई थुनामै राख्नुपर्ने माग सरकारी वकिलले गरेका छन् । 

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंबाट जेठ १० गते नेपाली नागरिकालाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी, किर्ते, राज्यविरुद्धको कसुर, एकीकृत कसुर, संगठित अपराधको अभियोगमा मुद्दा दायर भएको हो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १७:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro