site stats
बाह्रखरी :: Baahrakhari
देश
जेठ ३० देखि दलित गोलमेच सम्मेलन हुने
Argakhachi Cement Island Ad

काठमाडौं । यही जेठ ३० गतेदेखि काठमाडौंमा दलित गोलमेच सम्मेलन हुने भएको छ । आयोजक राष्ट्रिय दलित गोलमेच सम्मेलनले शनिबार (जेठ २४) काठमाडौंमा पत्रकार सम्मेलन गरी पछिल्लो समयमा दलित समुदायमाथि उत्पीडन बढ्दै गएको उल्लेख गर्दै त्यसलाई रोक्न तथा मुक्तिका निम्ति सम्मेलनको आयोजना गरिएको जनाएको छ । 

सम्मेलन असार १ गतेसम्म काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुनेछ । सम्मेलनका संयोजक डा. निर्मल विश्वकर्माले विश्व परिवेशमा गोलमेच सम्मेलनको अभ्यास भइसकेको सफल विधि भए पनि नेपालका निम्ति पहिलो हुने बताए ।

राज्यसत्तामा पूर्ण रूपमा समानुपातिक प्रतिनिधित्व, राज्यका स्रोतमा हिस्सेदारी र धर्म सुधारलगायत मुख्य तीन एजेन्डमा बहस हुने संयोजक विश्वकर्माले जानकारी दिए । रासस

प्रकाशित मिति: शनिबार, जेठ २४, २०८२  १६:५६
प्रतिक्रिया दिनुहोस्