site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राज्यले निर्माण व्यवसायीलाई भुक्तानी दिन नसक्ने जटिल अवस्था सिर्जना भयो : महासंघ 

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले बजेटमा निर्माण व्यवसायीका माग सम्बोधन नगरिँदा यो क्षेत्रमा समस्या उत्पन्न हुने जनाएको छ । आइतबार महासंघमा आयोजित पत्रकार सम्मेलनमा आयोजनाको म्याद थप गरिए पनि भुक्तानी नदिने जटिलता सिर्जना भएको बताइएको हो ।

सरकारका कारण अहिले निर्माण व्यवसायी समस्यामा परेको पत्रकार सम्मेलनमा बताइयो । निर्माण व्यवसायीको लाइसेन्स खारेज गर्ने प्रावधानले झनै ठूलो समस्या निम्त्याएको महासंघको निष्कर्ष छ ।

आयोजनाको म्याद सकिन लागेको भए पनि त्यसको म्याद थप गर्नुपर्ने महासंघको माग छ । सरकारले ७० अर्ब रुपैयाँ निर्माण व्यवसायीलाई भुक्तानी गर्न बाँकी रहेको महासंघले जनाएको छ ।

सरकारले आउँदो असार ४ गतेभित्र आफूहरूका माग सम्बोधन नगरे आन्दोलनमा उत्रिने महासंघका अध्यक्ष रवि सिंहले बताए ।

सरकारले भुक्तानी दिन नसक्ने आयोजना रद्द गर्न पनि उनले आग्रह गरे । तर, गरेको कामको भुक्तानी सरकारले दिनुपर्नेमा उनले जोड दिए ।

कोरोना महामारी र लकडाउनका कारण आयोजना पूरा गर्न समस्या भएको महासंघले जनाएको छ ।

सरकारले भुक्तानी दिन नसक्दा र आवश्यक तयारी नगरेका कारण म्याद थप गर्नुपरेको जिकिर सिंहले गरे ।

हचुवाको भरमा आयोजनाको सम्झौता गर्ने र बजेट सुनिश्चित नहुँदा पनि समस्या उत्पन्न भएको महासंघले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १५:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro