site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सन्दीपले विश्वकप छनोट खेल्ने, भोलि जानेछन् दक्षिण अफ्रिका
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले दक्षिण अफ्रिकामा हुने एकदिवसीय विश्वकप छनोटको तयारी र जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप छनोट खेल्ने भएका छन् ।

बालात्कारको मुद्दा खेपिरहेका सन्दीपले असार २९ गतेको साधारण पेसी तोकिएपछि विश्वकप छनोटको तयारी र विश्वकप छनोटसमेत खेल्ने निश्चित बनेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

सन्दीपका कानुन व्यवसायी अधिवक्ता मुरारी सापकोटाले उनलाई असार २९ को साधारण पेसी दिइएको बताए । “आज अदालतले असार २९ का लागि साधारण पेसी तोकिएको छ । सुनुवाइ पेसी अहिले तोकिएन,” सापकोटाले भने ।

नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव दुर्गाराज पाठकले सन्दीप भोलि बेलुका दक्षिण अफ्रिका प्रस्थान गर्ने बताए । क्यानका कार्यवाहक सचिव दूर्गाराज पाठकले बाह्रखरीसँग भने, “सन्दीप भोलि बेलुका दक्षिण अफ्रिका प्रस्थान गर्नेछन् । अब उनी विश्वकप छनोट सकेर नै फर्किनेछन् । उनको साधारण तारिख असार २९ गते तोकिएको छ ।”

Global Ime bank

यसअघि, पेसीकै कारण सन्दीप नेपाली टिमसँगै विश्वकप छनोटको तयारीका लागि दक्षिण अफ्रिका जान पाएका थिएनन् । सन्दीपविरुद्धको बलात्कार मुद्दामा गएको मंगलबार पनि अन्तिम सुनुवाइ सुरु हुन सकेको थिएन ।

गत फागुन १५ गते सर्वोच्च अदालतले लामिछानेलाई विदेश जान पाउने गरी धरौटीमा छाड्न आदेश दिएको थियो । यस्तै, सर्वोच्चले उक्त मुद्दालाई छिटो सकाउन समेत जिल्ला अदालतलाई आदेश दिएको थियो । त्यसको तीन महिना बितिसक्दा पनि मुद्दाको अन्तिम सुनुवाइ सुरु भएको छैन ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १४:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC