site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमालेको अवरोधपछि राष्ट्रियसभाको बैठक २९ मिनेट स्थगित 
फाइल तस्बिर ।

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधपछि राष्ट्रियसभा बैठक २९ मिनेटका लागि स्थगित भएको छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले बैठक सुरु भएको जानकारी गराउनासाथ सांसदहरू उभिएका थिए । बोल्ने समय पाएका सांसद् भैरवसुन्दर श्रेष्ठले अघिल्लो सदनले प्रमाणीकरण गर्न पठाएको विधेयक जेठ १७ गते किन प्रमाणीकरण भयो भन्ने जवाफ माग गरे ।  

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भारत भ्रमणका क्रममा लिपुलेक, लिम्पियाधुरा र कालापानी साटफेर गर्ने विषय राखेको भन्दै चित्तबुझ्दो जवाफ नआएसम्म सदन चल्न नदिने बताए । 

सांसदहरुले उभिएर विरोध गरेपछि सभाका अध्यक्षले बैठक स्थगित गरेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १३:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro