राजनीति
काठमाडौंं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको नागरिकता विधेयक निष्क्रिय पारेर नयाँ संशोधन प्रस्ताव राखी संसद्मा छलफल गर्नुपर्ने माग गरेको छ ।
“विधेयक निष्क्रिय गरेर नयाँ संशोधन प्रस्ताव ल्याउनुपर्छ । एक हप्ताभित्र दिनरात छलफल गरेर नागरिकता नपाएर अप्ठ्यारोमा परेकालाई नागरिकता दिऊँ भनिरहेका छौँ,” आइतबार प्रतिनिधिसभा बैठकको सुरुमा एमालेका प्रमुख सचेतक पदम गिरीले भने ।
त्यसो नगरिए एमालेले संसद् चल्न नदिने उनको भनाइ छ ।
यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका क्रममा दिएको सीमासम्बन्धी अभिव्यक्तिबारे संसद्मा आएर जवाफ दिनुपर्ने उनले बताए ।
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८० १२:३६
प्रतिक्रिया दिनुहोस्