site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नागरिकता विधेयक प्रमाणीकरणबारे एमालेको टिप्पणी : संविधानविपरीत, संसद्को अपमान

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणित गर्नु संविधानविपरीत भएको निष्कर्ष निकालेको छ ।

आज बसेको सचिवालय बैठकको निर्णय सुनाउँदै उपमहासचिव प्रदीप ज्ञवालीले भने,“‍‍‍‍‍...विधेयक प्रमाणीकरण गरेको भन्ने राष्ट्रपति कार्यालयको वक्तव्य नेपालको संविधान, प्रचलित कानुन एवं स्थापित संसदीय मान्यताको विपरीत रहेको स्पष्ट छ ।”

अघिल्लो संसद्ले पारित गरी प्रमाणीकरणका लागि पठाएको र संवैधानिक समयसीमाभित्र प्रमाणीकरण नभएपछि निष्क्रिय रहेको विधेयकलाई ताजा प्रतिनिधिसभा गठन भइसकको अवस्थामा मन्त्रिपरिषद्ले सिफारिस गरी राष्ट्रपतिले प्रमाणित गर्नु संसद्को अपमान भएको उनले बताए ।

राष्ट्रपतिको उक्त कदम संविधानको ठाडो उल्लंघन भएको र संसदीय अपमानको विरोध गरिने उनले सुनाए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  १८:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro