देश
-1744985963.jpg)
काठमाडौं । सर्वोच्च अदालतले तीन दिनभित्र शिक्षक आन्दोलन टुंग्याउन निर्देशन दिएपछि शिक्षक र सरकारबीच वार्ता हुने भएको छ ।
नेपाल शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले शिक्षक र सरकारबीच वार्ता हुन लागेको जानकारी दिएकी छिन् ।
“भर्खर सडकको कार्यक्रम सकियो । हामी सडकमै छौँ,” उनले भनिन्, “शिक्षामन्त्रीले बोलाउनुभएको छ । सल्लाह गरेर भेट्न जान्छौँ ।”
शिक्षामन्त्री रघुजी पन्तले आज शुक्रबारै विज्ञप्ति जारी गरेर शिक्षकहरूलाई वार्तामा बोलाएका थिए ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२ १५:२०
प्रतिक्रिया दिनुहोस्