site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एसियाली खेलकुदको तयारीलाई प्रभावकारी बनाउन सचिवालय सञ्चालनमा

काठमाडौं । चीनको होङझावमा हुने १९औँ एसियाली खेलकुदको तयारीलाई थप प्रभावकारी बनाउन सचिवालय सञ्चालन गरिएको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा स्थापना गरिएको सचिवालयको कार्यालय युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले शुक्रबार एक कार्यक्रमबीच उद्घाटन गरे ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङको संयोजकत्वमा १० सदस्यीय १९औँ एसियाली खेलकुद सचिवालय गठन भएको हो । 

जसमा राखेपका दुई सदस्य, युवा तथा खेलकुद मन्त्रालयका एक  उपसचिव, प्रशासन विभागका प्रमुख, खेलकुद विकास विभागका प्रमुख, राष्ट्रिय टिम तयारीका निर्देशक, आर्थिक प्रशासन शाखा प्रमुख र आपूर्ति तथा भण्डार शाखाका प्रमुख सदस्य छन् । 

तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्माले सचिवको जिम्मेवारी पाएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लिम्बूले सचिवालयको स्थापनापछि तयारीले थप तीव्रता पाउने बताए । उनले सम्बन्धित सबैले नेपालको सहभागिता उपलब्धिमूलक बनाउन जिम्मेवार भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

सदस्य–सचिव घिसिङले आगामी आर्थिक वर्षको बजेटमा पनि एसियाली खेलकुदको बजेट सम्बोधन हुनु सुखद पक्ष भएको बताउदै खेलकुद मन्त्रीले पनि एसियाली खेलकुदलाई विशेष प्राथमिकता दिएको बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  १८:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro