site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
थन्किएका थोत्रा पेट्रोल गाडीलाई विद्युतीयमा रूपान्तरण गर्दै इटहरी उपमहानगर
Sarbottam CementSarbottam Cement

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाले सञ्चालनमा नरहेका पुराना मोटरसाइकल तथा सवारी साधनलाई विद्युतीय गाडीमा रूपान्तरण गर्ने तयारी थालेको छ ।

यसका लागि विस्तृत अनुसन्धान सुरु गरिएको र सञ्चालनमा नरहेका तर चलाउन सकिनेलाई विद्युतीय बनाइने उपमहानगर कार्यालयले जनाएको छ । 

संघीय सरकारले मर्मत गरेर पनि उपयोगमा आउन नसक्ने र २० वर्ष अवधि पुगेका सवारी साधनहरूलाई विद्युतीय सवारीसाधनमा रूपान्तरण गर्न सकिने व्यवस्था गरेको छ । सोहीअनुरूप पहिलो चरणमा अनुसन्धान गर्ने काम थालिएको इटहरीका मेयर हेमकर्ण पौडेलले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

यो काम अघि बढाउन उपमहानगरले सम्याती इलेक्ट्रो ह्विल्स प्रालिसँग सम्झौता गरेको छ ।

“पहिलो चरणमा दुईवटा मोटरसाइकललाई विद्युतीयमा रूपान्तरण गर्ने र त्यसपछि विस्तृत अनुसन्धान गरी थोत्रा तर नचलेर थन्किएका चारचक्के गाडीमा काम गर्ने तयारी छ,” मेयर पौडेलले भने । 

Global Ime bank

सरकारले सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन गर्दै विद्युतीय गाडीमा रूपान्तरण गर्न सकिने व्यवस्था गरेको छ ।

कम्पनीका आदित्य आचार्य, रिसब गड्तौला, अस्तित्व मादेम्बा, निकेश बज्राचार्यलगायतको ‘टिम’ले पेट्रोल गाडीलाई विद्युतीयमा रूपान्तरण गर्ने काम अघि बढाउने उपमहानगरले जनाएको छ ।

आचार्यले भने, “हामी ६ महिनाभित्र दुईवटा पेट्रोल मोटरसाईकललाई विद्युतीयमा रूपान्तरण गर्ने योनजामा छौँ ।”

उनले पुरानो गाडीको इन्जिनको ठाउँमा विद्युतीय मोटर राख्दा कम्तीमा थप १० वर्ष चलाउन सकिने बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  १६:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement