site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भारतीय दूतावासले मनायो ७६औँ गणतन्त्र दिवस

काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासले भारतको ७६औँ गणतन्त्र दिवस मनाएको छ । लैनचौरस्थित दूतावास परिसरमा आयोजित समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झन्डा झन्डोत्तोलन गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए । त्यस क्रममा उनले नेपालमा रहेका प्रवासी भारतीयलाई पनि शुभकामना दिए ।

त्यसपछि कार्यक्रममा भारतकी राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रका नाममा गरेको सम्बोधन प्रसारण गरिएको थियो । कार्यक्रममा प्रवासी भारतीयको ठूलो संख्यामा उपस्थिति थियो ।

राजदूत श्रीवास्तवले भारतीय सशस्त्र बलका मृतक सैनिकका श्रीमती र निकटतम नातेदारलाई पाँच करोड रुपैयाँ रकम वितरण गरेर सम्मान गरे । साथै, भारतीय सशस्त्र बलका २१९ जना मृतक सदस्यका श्रीमती र निकटतम नातेदारलाई २३ करोड २९ लाख रुपैयाँ रकम पनि वितरण गरिएको छ । यस भुक्तानीमा आर्मी ग्रुप इन्स्योरेन्स (एजीआई) कार्यक्रम अन्तर्गत वर्ष २०२४ का लागि डेथ–इन–सर्भिस, एक्सटेन्डेड इन्स्योरेन्स र एजीआई परिपक्वता भुक्तानीलगायत लाभ समावेश रहेको दूतावासले जनाएको छ ।

1-Indian-Embassay-1737909349.jpg
 

राजदूतले नेपालमा बसोबास गरिरहेका भूतपूर्व सैनिकका लागि भारत सरकारको कल्याणकारी पहलहरू समावेश गरिएको भूपू–२०२५ पत्रिकाको पनि लोकार्पण गरे । 

यसैगरी, दूतावासले नेपालका २९ शैक्षिक संस्थालाई २३ लाख ५० हजार रुपैयाँ बराबरका पुस्तक प्रदान गरेको छ ।

यसैगरी, ०८१ कात्तिक २६ गतेदेखि मंसिर २६ गतेसम्म आयोजित 'भारत को जानिए (बीकेजे) क्विज'मा नेपालका शीर्ष ५० स्कोररलाई 'सर्टिफिकेट्स अफ अचिभमेन्ट' प्रदान गरेर सम्मान गरिएको छ । पुरस्कारको अंशको रूपमा, विश्वभरका क्विजका शीर्ष ३० विजेतालाई यस महिनाको सुरुवातमा दुई हप्ते बीकेजे यात्राका लागि भारत आमन्त्रित गरिएको छ । विजेताहरूमध्ये नेपालका निखिल कुमार दास पनि थिए ।

कार्यक्रममा विगतका वर्षहरूमा भारत–नेपाल सम्बन्धमा भएको प्रगतिबारे विस्तृत जानकारी भिडियोमार्फत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा काठमाडौंको दूतावासस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति पनि प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  २२:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro