site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बालबालिकालाई तातो हावा/लूबाट कसरी जोगाउने ?

काठमाडौं । केही दिनयता देशभर तापक्रम बढ्दै गएको छ । गर्मी महिनामा तापक्रम वृद्धिसँगै तराईका जिल्लाहरूमा तातो हावा ‘लू’ चल्न सक्ने सम्भावना हुन्छ । लूले मानिसको स्वास्थ्यमा समेत असर गर्न सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

लू लाग्नबाट जोगिन विभिन्न उपाय अपनाउन सकिन्छ । यो समयमा बालबालिकाको पनि विशेष हेरचाह गर्नुपर्छ ।

बालबालिकालाई तातो हावा/लूबाट जोगाउन गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विभिन्न सुझाव प्रस्तुत गरेको छ ।

Dabur Nepal
NIC Asia

बालबालिकालाई तातो हावा/लूबाट जोगाउन साथमा सधैँभरि पानीको बोतल राखिदिनुपर्छ । कागती पानी, नरिवल पानी, ताजा फलफूलको रस नियमित रूपमा सेवन गराउन प्राधिकरणको सुझाव छ ।

यस्तै, हल्का रङको सुतीको कपडा लगाइदिनुपर्छ । टाउको ढाकेर राखिरहन अह्रराउनुपर्छ । त्यसका लागि कपडा, टोपी, छाताको प्रयोग गर्न लगाउनुपर्छ ।

पत्रु खाना (जंक फुड)को प्रयोग गर्नु हुँदैन । गर्मीको समयमा ताजा फल, सलाद र घरमै बनाएको खानेकुरा खाने गर्नुपर्छ ।

दिउँसो १२ देखि अपराह्न ४ बजेसम्मको कडा घाममा घरबाहिर सकेसम्म निस्कन दिनु हुँदैन । गर्मीका बेला बालबालिकालाई बिहान वा साँझको समयमा मात्र खेल्न लगाउनुपर्छ ।

यदि, बालबालिकालाई रिँगटा लागेमा, बान्ता भएमा, धेरै टाउको दुखेमा वा सास फेर्न अप्ठ्यारो भएमा तुरुन्त नजिकैको अस्पताल वा स्वास्थ्यचौकीमा लैजान प्राधिकरणको सुझाव छ ।

adf1685681044.jpg

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  १०:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro