site stats
बाह्रखरी :: Baahrakhari
देश
यी हुन् लू लाग्दाका असर, जोगिन के गर्ने ?
जनकपुरधामको दृष्य । फाइल तस्बिर ।

काठमाडौं । गर्मी महिनामा तापक्रम वृद्धिसँगै तराईका जिल्लाहरूमा तातो हावा लू चल्न सक्ने सम्भावना हुन्छ । लूले मानिसको स्वास्थ्यमा समेत असर गर्न सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार तातो हावा तथा लू लाग्दा विभिन्न असर हुने गर्छ । लू लाग्दा हृदयको गति तीव्र हुने, श्वासप्रश्वास र रक्तचाप कम हुने, शरीरबाट पसिना ननिस्किने, टाउको अत्यधिक दुख्ने, चक्कर लाग्ने, अचेत हुने, शरीरको तापक्रम १०४ डिग्री फरेनहाइटभन्दा बढी हुने, छाला सुक्खा, रातो र तातो हुनेजस्ता असर देखापर्ने मन्त्रालयले जनाएको छ ।

Argakhachi Cement Island Ad

लूबाट जोगिन सुरक्षाका उपाय अपनाउन पनि मन्त्रालयले आग्रह गरेको छ । दिउँसो घरबाट बाहिर ननिस्कने, फलफूलको रस र पानी पिउने र धेरै पसिना आएमा कहिलेकाहीँ जीवनजल पिउने, चिसो पानीले नुहाउने, क्याफिनले धेरै पिसाब गराउने हुँदा चिया, कफी, सोडाजस्ता पेयपदार्थ नपिउने, खेतबारीमा कामकाज सकभर बिहान वा बेलुका गर्ने, बाहिर निस्कनै परे पातलो कपडाले टाउको छोप्ने वा छाता ओढ्ने, मदिरा सेवन नगर्ने र चिनीको मात्रा बढी भएको झोलपदार्थ धेरै नपिउन मन्त्रालयको अनुरोध छ ।

लूसँग सम्बन्धित असर देखिएमा बिरामीलाई तुरुन्तै नजिकैको स्वास्थ्य संस्था वा अस्पतालमा लैजान मन्त्रालयको सुुझाव छ ।

342518989_189394300615701_1081433996572780688_n (1)1682300542.jpg

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  ०७:२४
प्रतिक्रिया दिनुहोस्