site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यी हुन् गर्मीका कारण हुन सक्ने स्वास्थ्य समस्या र अपनाउनुपर्ने सतर्कता
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । विगत केही दिनदेखि वर्षा र वर्षा गराउने मौसमी गतिविधि कम सक्रिय हुँदा देशका अधिकांश स्थानहरूमा तापक्रम उल्लेख्य रूपमा वृद्धि भएको छ । तापक्रमसँगै गर्मी पनि बढेको छ ।

नेपालमा वैशाखदेखि साउनसम्म अरू महिनाको तुलनामा बढी गर्मी हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार गर्मीका कारण विभिन्न स्वास्थ्य समस्या हुनसक्छ ।

बढी तापक्रमका कारण थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, बेहोस हुनेलगायत समस्या हुन सक्ने डब्ल्यूएचओले जनाएको छ ।

गर्मीका कारण हुन सक्ने असरबाट जोगिन विभिन्न सतर्कता अपनाउन सकिन्छ ।

बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, नियमित (पटक–पटक) पानी तथा झोलपदार्थ (जुस, सर्वत आदि) पिउने, चिसो पानीले नुहाउने र स्वास्थ्य समस्या भएमा स्वास्थ्यकर्मीको सल्लाह–सुझाव लिनुपर्ने डब्ल्यूएचओले जनाएको छ ।

देशका केही स्थानमा यो वर्ष अधिकतम तापक्रम ४० डिग्री सेल्सियस पुगिसकेको छ । जनकपुर, सिमरा, भैरहवालगायत क्षेत्रमा ४० डिग्रीसम्म तापक्रम पुगिसकेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले बताए । उनका अनुसार अझै केही दिन तापक्रम बढ्ने देखिन्छ ।

“जनकपुर, सिमरा र भैरहवालगायत क्षेत्रमा ४० डिग्रीसम्म तापक्रम पुगिसकेको छ । आज (शुक्रबार) ४१ डिग्रीसम्म पुग्ने सम्भावना रहेको छ,” उनले बाह्रखरीसँग भने, “तापक्रम निरन्तर बढ्ने क्रममा रहेको छ । अझै केही दिन तापक्रम बढ्ने देखिन्छ । कम्तीमा तीन दिन तापक्रम बढ्ने क्रममा रहेको छ ।”

काठमाडौंमा आज दिउँसो तापक्रम बढेर ३२ डिग्री सेल्सियससम्म पुग्न सक्ने महाशाखाको पूर्वानुमान छ ।

देशका अधिकांश स्थानमा अझै कम्तीमा तीन दिन वर्षाको सम्भावना नरहेको मौसमविद् झाले बताए ।

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  ०९:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro